जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १६:२४

आगामी आर्थिक वर्षको बजेटः साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने खालको


काठमाडौं, जेठ २३

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएका साना तथा घरेलु उद्योगहरुका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताउनु भएको छ।

बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को कार्यक्रमा उहाँले – उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडी परेको स्वीकार गर्दै उहाँले अब यस्तो समस्या नदोहोरिने भन्दै आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभयो ।

उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उहाँले सरकारले स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तराष्टिय« नियोगसँग सहकार्य गर्ने समेत बताउनुभयो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उहाँले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने बताउनु भयो ।