जनता टाइम्स

१६ फाल्गुन २०७७, आईतवार २१:३८

संसद सचिवालयद्वारा प्रचण्ड–नेपाल पक्षलाई धक्का : नेकपा प्रमुख सचेतकमा भट्टराईलाई दियो मान्यता


काठमाडौं, फागुन १६

संसद सचिवालयले सत्तारुढ नेकपाको विषयमा प्रचण्ड–माधवकुमार नेपाल पक्षलाई धक्का दिएको छ । संसदीय दलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई सचिवालयले मान्यता दिएको छ ।

संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई दिएको नियुक्तिलाई सचिवालयले मान्यता दिएको छ । प्रधानमन्त्री तथा दलका नेता ओलीले शुक्रवार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गर्नुभएको थियो ।

भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । भट्टराईले सवारी सुबिधा बुझिसक्नु भएको छ भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुबिधा फिर्ताका लागि आग्रह गर्ने भएको छ । आफैंले फिर्ता नगरेमा पत्राचार गरिने र फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने बताएको छ ।