जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २१:२८

भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, त्यस पछि बन्दसत्र


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।

त्यसैगरी महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ । बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीद्वारा प्रस्तुत गरिने विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आजदेखि १५औँ महाधिवेशन सुरु गरेको हो ।

महाधिवेशनमा पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक सुधार तथा विधान संशोधनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।