जनता टाइम्स

१८ फाल्गुन २०७७, मंगलवार १२:२१

पेट्रोलियम पदार्थको भाउ बढिरहँदा सुनको मुल्यमा भारी गिरावट


काठमाडौं, फागुन १८

सुनको भाउ एकैदिन एक हजार ७ सय रुपैयाँले घटेको छ । विश्व बजारमा पेट्रोलको भाउ बढ्न थालेपछि सुनको भाउ घट्न थालेको हो । लगानीकर्ताले सुन छाडेर पेट्रोलियम पदार्थमा लगानी गर्न थालेपछि सुनको भाउ घटेको बताइएको छ ।

स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।