जनता टाइम्स

१८ फाल्गुन २०७७, मंगलवार १२:२७

विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो गृहमन्त्री बादल नेतृत्वमा वार्ता टोली गठन


काठमाडौं, फागुन १८

सरकारले नेत्रविक्रम चन्द, विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई सदस्य रहेको जानकारी दिनुभयो । नेपाललाई एउटा शान्तिपूर्ण देशको रुपमा विकास गर्ने सरकार र प्रधानमन्त्रीको योजना अनुसार विप्लव समुहले पनि वार्ता टोली गठन गरी आउनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

विप्लव समूहले प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको बताइएको छ । विप्लव समूहका एक उच्च नेताका अनुसार वार्ताका लागि लगभग समय तय भईसकेको छ । सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने तयारी भईरहेको पनि उहाले बताउनु भयो ।