जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार ०८:५४

सरकारले तोक्यो कोरोनाको खोप लगाउने अस्पताल (सूचीसहित)


काठमाडौँ, फागुन २० । सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ ।

फागुन २३देखि चैत्र १५ गतेसम्म चल्ने यो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी एवं सार्वजनियक यातायातका चालकरसहचालकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसका लागि काठमाडौँ महानगरपालिकाले वडागतरूपमै खोप उपलब्ध गराउने गरी खोप केन्द्रहरू तोकेको छ ।