सिन्धुली, फागुन २०
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–२ का पाँच जिल्लामा सिचाई पुग्नेगरी निर्माण भईरहेको सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्नुभएको छ । बहुद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य ३१ मेगावाट विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने छ ।
आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले मधेसको सुख्खाभूमिलाई हराभरा बनाएर छाड्ने बताउनु भयो । उहाले विगतमा आफुलाई मधेश विरोधी भनेर भ्रम फैलाउने काम गरेको प्रति व्यङग् गर्दै आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गर्नुभयो । ‘केपी ओली भनेको मधेस विरोधी भन्दै मधेस पस्न नदिने भन्थे’, उहाले भन्नुभयो, ‘ओली मधेस नपसे पनि पानी पसाइदिन्छ । केपी ओलीलाई पस्न नदिए हुन्छ तर तपाईंहरुका खेतमा पानी चाहिँ पसाइदिन्छ । तपाईंका सुख्खा खेतलाई चिसा बनाइदिन्छ केपी ओलीले ।’
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेसी जनताका नाममा भन्दै पानी नरोक्न सन्देश पठाउनु भयो । ‘म मुख्यमन्त्रीमार्फत मधेशलाई भन्न चाहन्छु– मलाई मधेशमा पस्न नदिनू तर खेत–खेतमा पठाउने पानी नरोक्नू’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा सिँचाई पुग्ने गरी आयोजना बन्ने बताउनु भयो । उहाले त्यहाबाट पनि पानी प्रदेश–२ मा पुगेपछि कुनै राजनीतिक दलले नभएपनि त्यहाका जनताले आफै गेट बनाउने बताउनु भयो । ‘तराईमा त्यस्ता जनताहरू छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैं गेट बनाउँनेछन् , ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्