जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार १८:४१

असम्भव भनिएका काम प्रधानमन्त्री ओलीले सम्भव बनाइदिनुभयो : मन्त्री प्रभु साह


काठमाडौं, फागुन २०

प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव भनिएका काम सम्भव बनाइदिनुभएको शहरी विकासमन्त्री प्रभु साहले बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास समारोहमा बोल्दै मन्त्री साहले प्रधानमन्त्रीको कदममा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको द‍ृढ इच्छा शक्तिकै कारण डाइभर्सनको काम अगाडि बढेको मन्त्री साहले बताउनुभयो । सरकार समृद्धिको लक्ष्य हासिल गर्ने बाटोमा अगाडि बढेको भन्दै उहाँले सुनकोशी–मरिण आयोजना समृद्धिको कोशेढुंगा हुने बताउनुभयो । सरकारले हेर्नलाई नभएर कामकै हिसाबले स्मार्ट सिटी जस्ता अनैकौं अवधारणा अगाडि बढाएर काम गरेको पनि सुनाउनुभयो ।