काठमाडौं, असोज २८ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली मात्र नभएर नियत नै खराव देखिएको निश्कर्ष सुनाउनु भएको छ ।
प्रहरीभित्र इमान्दार अधिकृतको छवि बनाएर बाहिरिनु भएका अधिकारीले प्रधानमन्त्रीको ६ महिनाको काम र कार्यशैलीले बिगतमा कडा समर्थन बनेकाहरूको बिश्वासमाथि नै घात भएको बताउनु भयो । उहाँले अहिलेको कार्यशैली यथावत राखे अवको चुनावपछि सांसदका रुपमा देख्न पनि नसकिने ठोकुवासमेत गर्नुभएको छ ।
पूर्वडिआइजी अधिकारीले हालसम्मको प्रधानमन्त्री बालेनको काम र ब्यवहारबाट मतदाता कस्ता फटाह र सन्कीलाई जिताइएछ भन्ने निश्कर्षतिर पुगको बताउनु भयो । बिभिन्न मिडियासँगको कुराकानीमा अधिकारीले भन्नुभएको छ, ‘प्रधानमन्त्रीको ब्यवहार पनि यस्तो हुन्छ ? यस्तो शैलीले देश बन्छ ? बनाउने होइन, सवथोक बिगार्ने मात्र देखियो । यस्तो पाराले त देशमा केही पनि हुन्न ।’ अधिकारीले प्रधानमन्त्रीमा चरम दम्भ र अहंकार मात्र रहेको तथ्य ६ महिनाले देखाइसकेको बताउनु भयो ।
‘मै मात्र ठीक ! अरु नाथे केही पनि होइनन भन्ने उहाँको जुन शैली छ, त्यस्ले अवको चुनावमा संसद पद पनि जोगाउन सक्दैनन । त्यो पद जोगाउनु नै ठूलो कुरा हुनेछ,’ अधिकारीको भनाई थियो । उहाँले आवलूले जनताको कुराका आधारमा यस्तो निश्कर्षतिर पुगेको पनि बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्