जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार १९:४२

विप्लव समुहको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, फागुन २०

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध दुई वर्षपछि फुकुवा गरेको छ । सो समुहसँग तीन बुँदे सहमति भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो ।