जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १५:४०

सरकारसँगको तीन बुँदे सहमति पालना गर्छौं : विप्लव


काठमाडौं, फागुन २१

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताउनुभयो । ‘सहिदको चाहना जनताको चाहना पूरा भएको छैन,’ उहाँको भनाइ थियो, ‘जीवनदान गर्छौं, सहिदको सपना पूरा गरेर छाड्छौं ।’ महासचिव विप्लवले राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताउनुभयो ।