जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार २१:४७

सुन्दरीजलमा मेलम्ची आइपुग्दाको खुशियाली (फोटोफिचर)


काठमाडौं, फागुन २२

दुई दशकपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा झरेको छ । साच्चै नै धेरै लामो समय यो पानी काठमाडौं आउन लाग्यो ।

कतिपय पुस्ता मेलम्चीको पानी कुर्दाकुर्दै विते । तर, शनिवार उपत्यकाबासीका लागि खुशीको दिन भएर आएको छ । यो दिन साच्चै नै मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । कपाल कालै हुँदा शुरु भएको मेलम्ची आयोजना काठमाडौं आइपुग्दा कुनै पनि कपाल कालो नभएको अवस्था छ ।

हेरौं, सुन्दरीजलमा मेलम्ची आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्री, स्थानीयको मुहारमा आएको खुशियाली