जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १३:३२

देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार ! प्रचण्ड–नेपाल पक्षले बोलायो संसदीय दलको बैठक


काठमाडौं, फागुन २३

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्न नसक्ने निर्णयमा पुगेको छ । सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने विषयमा कांग्रेसभित्रै विवाद भएकाले ओलीविरुद्धको अविश्वास प्रस्ताव तत्कालका लागि थाँती राखिएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको प्रचण्ड–नेपाल खेमाले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो । तर आफ्नै पार्टी भित्र विवाद रहेकाले तत्कालै अविश्वास प्रस्ताव दर्ता गर्न नसकिने जानकारी देउवाले दाहाल–नेपाल खेमालाई गराएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसभित्रै देउवा इतर खेमाले तत्काल प्रचण्डलाई प्रधानमन्त्री मान्ने र एकवर्षपछि चुनावी सरकारको नेतृत्व देउवालाई दिने प्रस्ताव राखेपछि उहा असन्तुष्ट हुनु भएको हो । संविधानअनुसार पनि सरकार बनेपछि दुई वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था छ । देउवा निकट एक नेताका अनुसार देउवालाई फसाउन लागेको चाल पाएपछि उहाँ पछि हट्नु भएको जानकारी दिनुभयो ।

तत्काल देउवालाई प्रधानमन्त्री बनाउँदा आउँदो भदौमा हुने पार्टीको महाधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने आँकलनसहित उनी इतर खेमाले अवरोध गरेको जानकारी आएपछि देउवा रुष्ट बन्नु भएको छ । कांग्रेसबाट खवर आएपछि अ के गर्ने भन्नेबारेमा प्रचण्ड–नेपाल समुहले आफ्ना सांसदलाई सिहदरवारमा बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद रेखा शर्माले जानकारी दिनुभयो । बैठकमा अब कसरी अगाडी बढ्ने भन्नेमा निर्णय हुने बताइएको छ ।