जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार ११:५९

सनराइज बैंकको सिईओमा निरज श्रेष्ठ नियुक्त


काठमाडौं, जेठ २४

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज श्रेष्ठ नियुक्त हुनुभएको छ । असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि नियुक्त गरिएको हो ।

वित्तिय क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको अनुभव र बैंकलाई अघि बढाउने योजनाका आधारमा आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको बैंका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिनुभयो ।

सन् १९८९ देखि बैंकिङ करियर शुरु गर्नुभएका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव छ । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ हुनुहुन्थ्यो।