काठमाडौं, फागुन २३
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशलाई स्विकार गर्दै अव साविक नेकपा एमालेको बैठक आव्हान गर्ने बताउनु भएको छ । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले एमालेको बैठक बोलाउने बताउनु भएको हो ।
‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक सांसदले जनताटाइम्सलाई भन्नुभयो । उहाले केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले विशेषगरी नेकपाको नामबाट जित निकालेका जनप्रतिनिधिलाई जोगाउन वा कानुनी संकट आइपर्न नदिन विशेष निर्णय लिने पनि बताउनु भएको छ । उहाले साविकको दुई पार्टीमा फर्किएकाले आफ्नो सरकार गठबन्धनको भएको पनि जानकारी दिनुभएको थियो । ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भन्नुभयो । उहाले अब बस्ने एमालेको बैठकमा माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै उपस्थित हुने जानकारी समेत गराउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्