काठमाडौं, फागुन २४
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कुन पार्टीको भनेर सोध्नेहरुलाई जवाफ फर्काउनु भएको छ । उहाले आफु कुन पार्टीको भनेर सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गर्नुभएको हो ।
महिला दिवसको अवसरमा महिला मन्त्रालयले प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा उहाले भन्नुभयो, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो ? भनेर सोध्नुभयो । मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको भनेर ।’
उहाले आफुलाई नेकपाको एक समुहले हटाएको विषय पनि उठाउनु भयो । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ । म कुन पार्टीको भनेर अदालतले भनिदियो, उहाँहरू अदालतको निर्णय पनि मान्नुहुन्न’, प्रधानमन्त्री ओलीले अगाडी भन्नुभयो, ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ ।’
प्रतिनिधिसभाको पहिलो बैठकमा भएका व्यवहारप्रति पनि उहाले असन्तुष्टि जनाउनु भयो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि जनताका विषयमा छलफल होला भनेर सोचेको त पुनःस्थापनाको माग गर्नेहरु नै छाडेर हिडेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । ‘यतिबेला देश चुनावमा गइसक्थ्यो । त्यसपछि राम्रो संसद बन्थ्यो । संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न कराउन पो गरेका रहेछन्’ उहाले भन्नुभयो, ‘उहाँहरू माननीयको कुर्सीमा बस्नुभएको छ । तर, बोल्ने भाषा सुन्यो भने माननीयको जस्तो हुदैन ।’
संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेकोमा समेच चर्को असन्तुष्टि पोख्नु भयो । उहाले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौति समेत दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्