जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १४:३१

चाबहिल मालपोतका नासु श्रेष्ठ दुई हजार घुससहित पक्राउ


काठमाडौं, जेठ २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ। स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ०–१५–२–० जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन घुस लिइहरेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट दुई हजार घुस बापतको रकमसमेत बरामद भएको आयोगका सह–सचिव काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।