जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १४:३७

महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन हेरचाह बीमा योजना प्रारम्भ


महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ २६ गतेबाट सर्वसाधारणमा विक्रिको लागि ल्याउने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी ९पेन्सन० इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको छ ।

केटाकेटी र संतानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक ९अभिभावक० को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिने जनाकारी दिएको छ ।

बिमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २।५प्रतिशत बांकी जीवन निर्वाह भत्ता ९पेन्सन० को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको जनाएको छ ।

प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमांक रकमको २।५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ ।

नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछि पनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने व्यवस्था गरीएको छ । साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ती पछि विमांक र आर्जीत वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।