जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १०:१३

प्रचण्डले एमाले फुटाउने धावा बोल्दा पनि एमाले हुँ भन्ने माधव समुह किन बोल्दैन ?


काठमाडौं, फागुन २९

‘एमाले त्यही रूपमा एक रहने स्थिति नै छैन, जिल्लाका हाम्रा कुनै पनि गतिविधिहरूले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भनाई हुन् यी । प्रचण्डको चाहना र मनसाय नेकपा एमाले फुटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई फेरी पनि आफ्नो कार्यकर्ता बनाएर आफु बलियो हुने रहेको देखिन्छ ।

प्रचण्डका यी अभिव्यक्ति कुनै गोप्य कार्यक्रममा नभई सार्वजनिक कार्यक्रममा आएका हुन् । हिजोसम्म प्रचण्डको निर्देशन मान्दै बसेको नेपाल समुह एमाले भईसक्दा पनि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा संयुक्त बैठक बसेर आगामी रणनीति बनाएर फर्किएको छ । असली एमाले हुँ भन्दै फर्किएको यो पंक्ति प्रचण्डको त्यो अभिव्यक्तिको अहिलेसम्म सार्वजनिक प्रतिकार गरेको छैन ।

प्रचण्डले सिधा रुपमा माधव नेपाललाई एमाले कब्जा गर्न नभएर पार्टी फुटाएर आउन आफुले निर्देशन दिएको बताउँदा पनि आफु एमाले हुँ भन्ने नेता नेपाल चुप हुनुहुन्छ । जुन कुराले एमालेका नेता कार्यकर्ता आक्रोशित छन् । अर्को पार्टीको अध्यक्षले एमाले फुटाउन पठाएको भन्दा पनि चुप लागेर बस्ने नेपाल समुह एमालेको नेता कसरी हुन्छ ? एक नेताले आक्रोश पोख्दै भने ।

प्रचण्ड पार्टी फुटाउन निर्देशन दिने नेपाल समुह दैनिक जसो गुटको भेला गरेर बैठक गर्ने यसले संसय पैदा भएको उनिहरुको भनाई छ । एमाले नै भएर फर्किएको हो भने विश्वासको वातावरण नेपाल समुहले पनि पैदा गर्नुपर्ने बताए । शुक्रबारको बैठक परिवर्तित सन्दर्भमा एमालेलाई एकै ठाउँमा ल्याउन गरिएको विशेष पहल मात्र भएको ति नेताको भनाई छ । विधान संशोधन र केन्द्रीय कमिटी सदस्य थप भएका छन् ।

चैत्र ७ गते बस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकले जिम्मेवारी, महाधिवेशन लगायतका विषयमा ठोस निर्णय लिने संस्थापन पक्षका एक नेताले जानकारी दिनुभयो । तर, नेपाल समुहको यस्तै गतिविधि जारी रहिरहने र प्रचण्डले त्यस्तै अभिव्यक्ति दिने अनि सो समुहले प्रतिकार पनि नगर्ने हो भने जटिल अवस्था आउने सक्ने उनले चेतावनी दिए ।