जनता टाइम्स

१ चैत्र २०७७, आईतवार १८:३१

प्रचण्डको निर्देशन मान्दै निर्वाचन आयोग पुग्यो माधव–झलनाथ समूह


काठमाडौं, चैत १

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरीत महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएको भन्दै एमालेको माधव–झलनाथ पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ। आज राजेन्द्र पाण्डेसहितका नेताहरु निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन् ।

पाण्डेले भन्नुभयो, ‘बालुवाटारमा विशेष बैठक भन्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाइएको विषयमा जानकारी गराएका छौं ।’ माधव–झलनाथ पक्षले आफैंले बनाएको विधानविपरीत पदाधिकारी हटाउने, नयाँ मानिसहरु नियुक्त गर्ने र जिम्मेवारी हेरफेर गर्ने काम भएको भन्दै आयोगमा निवेदन दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको विशेष बैठक भन्दै केही दिनअघि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई जिम्मेवारी हेरफेर गर्नुभएको थियो । उहाँले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटी सदस्यमा समेत नियुक्त गर्नुभएको थियो ।