जनता टाइम्स

२ चैत्र २०७७, सोमबार ११:२६

एमालेका असन्तुष्ट पक्षसँग शिर्ष नेताको छलफल, यस्ता छन् एजेण्डा


काठमाडौँ, चैत्र २

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्नुभएको छ । एमालेको पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छलफल गर्नुभएको हो ।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रम गर्नुभएको छ । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा विशेष गरी पछिल्लो समय देखिएको विवादका विषयमा केन्द्रीत रहेको छ । भेटमा अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली रहनु भएको छ ।