जनता टाइम्स

२ चैत्र २०७७, सोमबार १९:५३

राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान, यस्ता छन् एजेण्डा


काठमाडौं, चैत्र २

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाबाट समेत कुनै पनि निकास निस्कन नसकिरहेका बेला राष्ट्रपतिले देशलाई निकास दिएर विकासको गतिमा अगाडी बढाउनका लागि दलहरुलाई बोलाउनु भएको हो ।

राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बोलाइएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप उहाले छलफलका लागि बोलाउनु भएको बताइएको छ ।