जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १८:२६

सर्वदलीय बैठकमा को–को छन सहभागी ?(नामसहित)


काठमाडौं, चैत ३

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा केही पूर्वप्रधानमन्त्रीहरु अनुपस्थित रहनुभएको छ । शीतल निवासमा जारी बैठकमा समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।

पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल अनुपस्थित रहनुभएको हो ।

त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकमा अनुपस्थित रहनुभएको छ भने पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेको बतायएको छ ।

नेकपा एमाले

केपी शर्मा ओली
ईश्वर पोखरेल

सुवास नेम्वाङ

विष्णु पौडेल
रामबहादुर थापा

नेपाली कांग्रेस

शेरबहादुर देउवा
रामचन्द्र पौडेल
विमलेन्द्र निधी
शशांक कोइाराला

नेकपा माओवादी केन्द्र

पुष्पकम दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
देव गुरुङ

जसपा
महन्थ ठाकुर
उपेन्द्र यादव
राजेन्द्र महतो

राष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी

राप्रपा
प्रकाशचन्द्र लोहनी

नेमकिपा
प्रेम सुवाल

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी