जनता टाइम्स

६ चैत्र २०७७, शुक्रबार १९:२५

‘इतिहास झल्किने, आधुनिक टल्किने’ गरी हामी देश विकास गर्न चाहन्छौं : प्रधानमन्त्री ओली


काठमाडौं, चैत ६

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास गर्न चाहेको बताउनुभएको छ । नेपालका उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै सरकार अझ व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेसँगै प्रधानमन्त्री ओलीले आफूहरुले निकट भविष्यमा देशको आर्थिक परिचय बदल्न चाहेको बताउनुभयो ।

प्रधानमन्त्रीले आज उद्योगी व्यवसायीसँग गरेको छलफल कार्यक्रममा ठूलै प्रगति गरेको भन्दै सरकारले गर्ने काम असाधारण भएको पनि सुनाउनुभयो । तीन वर्षमा पूर्वाधार विकासको पक्षमा पनि धेरै काम भएको बताउनुभयो । अब आधुनिक नेपालतर्फ जाँदै गरेको पनि बताउनुभयो । ‘इतिहास झल्किने, आधुनिक टल्किने’ मूल नाराका साथ अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।