जनता टाइम्स

८ चैत्र २०७७, आईतवार १६:४९

गाभिए एनआईसी एशिया र स्वेदशी लघुवित्त, एकीकृत कारोबार सुरु


काठमाडौं, चैत ८

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाको मर्जरपछिको एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त कम्पनी एक आपसमा गाभ्ने गाभिने (मर्जर) काम गरेपश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुई कम्पनीबीच गत साउन २२ गते गाभ्ने/गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले कात्तिक १९ गते सैद्धान्तीक सहमति दिएको थियो ।

यस्तै पेस १० गते मर्जरसम्बन्धि अन्तिम सम्झौता भएको हो भने माघ ४ गते दुवै कम्पनीको छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट मर्जर गर्ने निर्णय भएको थियो । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्णाली प्रदेशलगायत मुलुकभर १ सय ५० शाखा सञ्चालनमा छ स्वदेशीको ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात कुल शाखा संख्या २ सय २३ शाखा हुनेछ भने १ लाख ३५ हजारभन्दा बढी सदस्यलाई संस्थाले लघुवित्तीय सेवा प्रदान गर्नेछ ।

मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ ।मर्जरपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलोमध्येको शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्त बन्नेछ । कम्पनीले डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति कम रहेको जिल्लामा शाखा विस्तार गर्ने बताएको छ ।