जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार २१:२२

क्यावात ! मुख्यमन्त्री शंकर पोखरेल : संसदीय दलबाटै सांसद विकास कोषको बजेट नलिने निर्णय


बुटलव, जेठ २४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । बुटवलमा आज बसेको प्रदेश ५ को संसदीय दलको बसेको बैठकले यो निर्णय गरेको हो । संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल स्वास्थ्यका कारण बैठकमा आफै उपस्थित हुन नसके पनि उहाँको योजनालाई दृढ समर्थन गर्दै बैठकले सर्वसम्मत पारित गरेको हो ।

सांसदहरू नीति निर्माणका लागि नीति बनाउने थलोमा रहेकोले विकास निर्माणसँग प्रत्येक्ष जोडिन आवश्यक नरहेको र विकास निर्माणका लागि काम गरिरहेका तह र निकायले नै काम गर्नु पर्ने भन्दै सांसदहरूले क्षेत्र विकास कार्यक्रम आवश्यक नरहेको बताएका हुन । सांसद क्षेत्र विकास कोषका लागि विभिन्न तर्फ भईरहेको बेला सबैलाई संदेश जावस भनेर हाम्रो प्रदेश निर्णय हो ।

बाँकेबाट निर्वाचित सांसद आईपी खरेलका अनुसार सरकारले नै विभेदरहित सन्तुलित विकास गरेकोमा छुट्टै सांसद कोषको आवश्यकता नरहेको बताउनु हुन्छ । सरकार नै सांसदहरूको र सांसद नै सरकार भएकोले छुट्टै किन सांसदलाई रकम चाहिने भन्दै खरेलले दलको निर्णय अन्य सांसदका लागि शिक्षा होस् भन्ने उहाँको धारणा रहेको छ ।

जनता पक्षमा नीति बनाउने सांसदले हो, नीति कार्यान्वयन सरकारको हो भन्दै नेकपा प्रदेश ५ संसदीय दलले सांसद क्षेत्र विकास कोषको आवश्कता नरहेको र नलिने निर्णय गरेको हो ।