काठमाडौं, चैत्र ११
कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र नगर्नेलाई कारबाही गर्ने भएको छ ।
जिप्रकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोभिड–१९ संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ । जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिक–भौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सार्वजनिक स्थानमा मास्कको प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई संक्रमक रोग ऐन, २०२० बमोमजक कारबाही गरिने कार्यालयका प्रशासकिय अधिकृत रमा घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्