काठमाडौं, चैत १२
सुनचाँदीको भाउ आज बढेको छ । हिजो तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन पनि तोलामा २ सयले नै बढेर ८६ हजार ४५० रुपैयाँमा आईपुगेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७४ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७४ हजार १२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्