जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १७:५७

एमालेको समानुपातिक सांसदमा जानकीदेवी निर्वाचित


काठमाडौं, चैत्र १८

निर्वाचन आयोगले नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित भएको घोषणा गरेको छ । योसँगै प्रतिनिधिसभामा एमालेको सिट संख्या १२१ पुगेको छ ।

एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी राम निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय पनि आयोगले गरेको छ । सानु शिवाको निधन भएपछि एमालेको समानुपातिकतर्फको एक सिट खाली थियो । सोही सिटमा क्रम संख्याको ८८ नम्वरमा रहनु भएकी जानकीदेवी विजयी भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।