जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १५:३३

एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा सहुलियत


काठमाडौँ, चैत २०। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी आँखा अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ ।उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र आँखा सम्बन्धी कुनै पनि सामानको खरिदमा मा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

समझदारी पत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट धधध।लmददबलपलभउब।िअयm को एनएमबी भिषा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।