काठमाडौं, चैत्र २२
जनता समाजवादी पार्टीले आफ्ना मागहरु पुरा गर्ने सरकार नै भएकाले विपक्षीसँग गठबन्धन नहुने स्पष्ट पारेको छ । यद्यपी जसपाभित्रै दुई वटा लाइन भएकाले सरकारका बारेमा स्पष्ट रणनीति नलिने देखिएको छ ।
नयाँ सरकार गठन गर्न हौसिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसपाको यो बटमलाइनसँगै विखलबन्दीमा पर्नुभएको छ । विपक्षी गठबन्धन बनेपनि त्यसमा एक ढिक्का जसपा नभई बहुमत पुग्दैन । जसले गर्दा उनिहरु अब के गर्ने भन्नेमा अन्यौलमा छन् ।
अध्यक्ष महन्थ ठाकुरले आफुहरुका माग पुरा गर्ने भनेकै सरकारले भएको भन्दै विपक्षीलाई के को गठबन्धन भन्दै प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिन नसकेपछि पौडेल हिजो ठाकुरसँगको भेट टुंगोमा पु¥याएर बाहिरिनु भयो । ‘उहाले (रामचन्द्र)मुल कुराचाँही हामी गठबन्धनमा जानुपर्छ, भनेर भन्नुभयो । मैले तपाईहरु क्लियर नै हुनुहुन्न । तपाईहरुको गठबन्धन के को गठबन्धन ?’, भेटबारे ठाकुरले भन्नुभयो ।
अध्यक्ष ठाकुरले कांग्रेसका मुख्य मान्छे चाँही (सभापति देउवा) विपक्षीमा बस्ने र अविश्वासको प्रस्ताव पनि ल्याउदैन भनेर सार्वजनिक भाषण गर्दै हिड्ने अनि पौडेल चाँही समर्थन खोज्दै हिड्ने भनेर प्रश्न गर्नुभयो । जसपाले आफ्ना कांग्रेसले पुरा गरिदिएमा मात्र उनिहरुको सरकारलाई समर्थन गर्ने स्पष्ट पारेको छ । माग पुरा गराउन पहिला सरकारमा जानुपर्ने र त्यसका लागि सहयोग गर्न गरेको आग्रहलाई जसपाले उधारो चेक नलिने अडान कांग्रेससँग राखेको छ ।













प्रतिक्रिया दिनुहोस्