काठमाडौं, चैत्र २४
संगठनको निर्णय र हित विपरित काम गर्ने तीन विद्यार्थी नेतालाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले कारवाही गरेका छन् । नेता माधवकुमार नेपाल कै सिको गरेर समानान्तर कमिटी गठन गरेका उनिहरु कारवाहीमा परेका हुन् ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गर्नुभयो । लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए ।
उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्