काठमाडौं, चैत्र २७
भनिन्छ, राजनीतिमा पद सबै कुरा हो । तर, केही नेता छन्, जसले प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीका लागि पद समेत त्यागेका छन् । १७ हजार मारिएको युद्धमा समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई साथ दिएका ति नेताहरु अहिले प्रचण्डबाट वाक्क भएर ओलीलाई साथ दिनु भएको छ ।
त्यसका लागि प्रतिनिधिसभाको सांसद जस्तो गरिमामय पद समेत त्याग गर्नुभएको छ । तत्कालिन गठबन्धनबाट एमाले र माओवादी केन्द्रको मत लिएर जित्नु भएका प्रतिनिधिसभा सदस्य चार जना, प्रदेश सभा सदस्य चार जना पद त्यागेर ओलीको पक्षमा लाग्नु भएको छ । एमालेकै कतिपय नेता पद नपाएर पार्टीभित्रै विपक्षी भन्दा चर्को भईरहेका बेला यी नेताले भने राजनीतिक पाठ सिकाउनु भएको छ । यसको नेतृत्व माओवादी केन्द्रका तत्कालिन महासचिव रामबहादुर थापा बादलले गर्नुभएको छ ।
उहा आफु माओवादी केन्द्रमा नफर्किने बताउदै आउनु भएको छ । हाल मन्त्री रहनु भएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद रिक्त भइसकेको छ । बादलको पद भने हालसम्म माओवादीले यथावत राखेको छ । माओवादीले पार्टीमै फर्किन पटक पटक आग्रह गरेपनि उहाँहरुले पद गएपनि ओलीको साथ छाड्न नसक्ने चट्टानी अडान लिनु भएको थियो ।
फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकले माओवादीबाट आएका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि सांसद पद जाने निश्चित थियो । माओवादीले उनीहरुलाई फर्काउन निकै प्रयत्न पनि गरेको हो । तीमध्ये कर्णालीका बिन्दमान विष्टसहित प्रदेश २ का भरत साह लगायतका सांसद माओवादीमै फर्किनु भयो ।
तर प्रदेश १ का टंक अंङबोहाङ, प्रदेश २ का ज्वालाकुमारी साह र रामचन्द्र मण्डल, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहोराले प्रदेशसभा सदस्य पद त्याग्न तयार रहेको बताउनु भयो । तर, उहाहरुले ओलीको साथ नछाड्ने जवाफ माओवादीलाई समेत दिनुभयो ।
केन्द्रीय कमिटीका पनि टंक आङबुहाङ, कमल चौलागाई, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल, विषमलाल अधिकारी दनुवार, पासाङ शेर्पा, श्रीप्रसाद जगेबु, लिलवहादुर थापा,निरु दर्लामी कुँवर लगायत माओवादीमा फर्किएनन्, उहाहरु एमालेमै रहनु भयो । पूर्व लडाकुहरुको पनि एउटा समूह प्रचण्डसँग फर्किएन ।
प्रतिक्रिया दिनुहोस्