जनता टाइम्स

२९ चैत्र २०७७, आईतवार १३:१०

नेता कार्यकर्ताले साथ नदिएपछि माधव नेपालको नयाँ जुक्ति : साथ दिनेलाई निर्वाचनमा टिकट पक्का


वीरगञ्ज, चैत्र २९

नेकपा एमालेबाट निलम्बित भएपछि माधवकुमार नेपाल पक्षमा नेता कार्यकर्ताले साथ नदिएपछि उहाले नयाँ जुक्ति निकाल्न थाल्नु भएको छ । समानान्तर कमिटी गठन अभियानमा रहनु भएका नेता नेपालले आफूलाई अहिले साथ दिए आउने चुनावमा टिकटको ग्यारेन्टी गरिदिने घोषणा गर्नुभएको छ ।

वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने बताउनु भयो । यद्यपी उहाले कुन पार्टीबाट र कसरी टिकट दिने भन्नेबारेमा केही खुलाउनु भएन । नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको पनि आरोप लगाउनु भयो । ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ?’, उहाको प्रश्न थियो ।

एमाले पुनर्जीवित भएपछि २८ फागुनमा बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध नेपाल समूह आयोग गएको बताइएको छ ।