जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १६:३४

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ३० युवालाई रोजगारी


बेझाड, जेठ २५

पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ । बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको हो ।यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए ।

गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो स्तरोन्नत्तिका लागि रु चार लाख रकम विनियोजन गरी काम थालिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममार्फत सडक स्तरोन्नत्ति, साना-साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा गर्न १८ वर्ष देखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने भएका छन् ।