जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १२:४८

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौं, चैत ३१

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।