जनता टाइम्स

३० चैत्र २०७७, सोमबार २२:०९

सरकारद्वारा जनस्वास्थ्यका नयाँ मापदण्ड जारी : विद्यालयका विषयमा भयो यस्तो निर्णय


काठमाडौं, चैत्र ३०

सरकारले मुलुकभर देखिएको कोरोनाको संक्रमणलाई ख्याल गर्दै जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरेको छ । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ । त्यसका लागि मंगलबार उपप्रधानमन्त्री एंव कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक ईश्वर पोखरेलले देशबासीसँग अपिल गर्नुहुने भएको छ ।

बैठकमा सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको विषयमा छलफल भएपनि तत्काल कुनै निर्णय भएको छैन । यसविषयमा आगामी अवस्था हेरेर थप निर्णय गरिने तर हाललाई कुनै त्यस्तो निर्णय नभएको एक मन्त्रीले जानकारी दिनुभयो ।