दाङ, चैत ३१ । आफुमाथि सामुहिक बलात्कार भएको उल्लेख गर्दै प्रहरीमा उजुरी दिएकी युवतीले अदालतमा बयान फेरेपछि उल्टै कैद सजायको भागिदार बन्नु परेको छ ।
घोराहीका तीन जना युबाहरुले आफूहरुमाथि सामुहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका एक बालिका र युबतीले अदालतमा पुगेपछि बयान फेरेका थिए । उनीहरुले अदालतमा भएको फागुन ४ गतेको बकपत्रमा बलात्कार नभइ दुख दिन उजुरी हालेको उल्लेख गरेपछि जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद सजाय गर्ने फैसला सुनाएको हो ।
चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्याएको ठहर गर्दै नाबालिग भएकाले बालिकालाइ छोडिएको छ भने जाहेरवाला अर्की युबतीलाई भने एक महिना कैद र ती युबतीबाटै बलात्कारको आरोप लागेका तीनजना युबाहरुलाई क्षतिपुर्तिस्वरुप जनही २५-२५ हजार क्षतीपुर्ति उपलब्ध गराउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्