जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १७:०४

चेक बाउन्समा कांग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव पक्राउ


काठमाडौं ।

नेपाली कांग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका सचिव चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । सचिव पुष्पराज न्यौपानेलाई प्रहरीले चेक बाउन्स केसमा आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौले न्यौपानेलाई १५ लाख चेक बाउन्सको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ । उनी एक्सिस एचआर सोलुसनका सञ्चालकसमेत रहेका परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका न्यौपानेलाई छुटाउन अहिले नेपाली कांग्रेसका नेताहरु अहिले विभिन्न शक्ति केन्द्रमा धाउन थालेको स्रोतको दावी रहेको छ ।