तनहुँ, चैत्र ३१
नेकपा एमाले तनहुँका जिल्ला उपसचिव बिष्णु भक्त सिग्देल र नरेश साहीको नेतृत्वको युवा संघको केन्द्रीय सदस्यहरु नारायण थापा र सुशील सिग्देलले माधव नेपाल पक्षको साथ छाडेको घोषणा गरेका गर्नुभएको छ । तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्याली तथा आमशभामा सम्बोधन गर्न एमाले नेता पुर्व मन्त्री महेश बस्नेत तनहुँ पुगेसँगै उक्त नेताहरुले नेपालको साथ छाडेको घोषणा गर्नुभएको हो ।

यसरी हेर्दा अहिले देशभर समानान्तर कमिटी बनाउदै हिडेका माधव नेपालको समुहलाइ क्रमश साथ छाड्न थालेको संकेत देखिन्छ।

आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकीलगायत स्थानबाट आएको मोटर साइकल र्यालीले दमौली बजार परिक्रमा गरेको थियो । हाल युवा इन्चार्ज महेश बस्नेत, केन्द्रिय अध्यक्ष वचन बहादुर सिंह, सह अध्यक्ष किरण पौडेललगायतको टिम तीनवटा अभियान लिएर हिडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशभर अभियान चलाएर र साइबर सेना बनाएर प्रधानमन्त्री ओलीलाई ठूलो उत्साह थपेको आंकलन गर्न सकिन्छ ।












प्रतिक्रिया दिनुहोस्