जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १६:०३

प्रधानमन्त्री ओलीविरुद्ध माओवादी खेमाले चलाएको पत्र फेक भनेर यसरी हुन्छ पुष्टि


काठमाडौं, बैशाख ३

भनिन्छ, अपराधीले ९९ वटा सबुत मेटाउन सफल भएपनि एउटा छाडेरै गएको हुन्छ । यस्तै एउटा सबुत छाडेर गएको छ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर प्रमुख रअका प्रमुख सामन्त गोयलको हस्ताक्षर रहेको दावी गरिएको पत्रमा ।

माओवादीसम्बद्ध नेता कार्यकर्ता र एमाले कै कपितय ओलीविरोधी नेता र कार्यकर्ताले प्रचार गरेको एउटा पत्र भाइरल बनाउन खोजियो । त्यो पनि माओवादी कै खास व्यक्तिको अनलाइनले । यसमा एउटा यो विषयले नै आफै पत्र तयार पारेको प्रष्ट देखिन्छ ।

पत्रको शिरमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ । यसको मतलब यो आधिकारिक डकुमेन्ट होइन, आधिकारिक अरु नै कुनै भाषा होला । अर्थात यो पहिलो मस्यौदा हो यसपछि मात्रै आधिकारिक पत्र तयार हुन्छ । यो अनौपचारिक रुपमा अनुवाद गरिएको डकुमेन्ट हो । तर अनुवाद गरिएको डकुमेन्ट भए पनि मुन्तिर भने प्रधानमन्त्री र गोयलको हस्ताक्षर गरिएको छ ।

कुटनीतिक रुपमा दुई देशबीच कुनै हस्ताक्षर हुँदा पार्टीपार्टी बीच जस्तो हस्ताक्षर चल्दैन । त्यत्ति कुरा चाँही यो पत्र बनाउने ‘पत्रकार’लाई थाहा नभएको रहेछ । खासमा दुई देशबीच कुनै हस्ताक्षर हुँदा आधिकारिक डकुमेन्टमा मात्र हस्ताक्षर गरिन्छ, अनौपचारिक अनुवादमा होइन । तर यसमा अनअफिसियल ट्रान्सलेसनमै हस्ताक्षर गरेको देखाइएको छ । यो ज्यादै शंकाको विषय हो । अनौपचारिक पत्र मै हस्ताक्षर गर्ने कस्तो सम्झौता हो बुझ्न सकिएन ।

पत्रमा तब झन रमाइलो लाग्छ, जब पत्रमै नेर अङ्ग्रेजीमा हातले लेखिएको छ । यस्तो खालको गोप्य कागजातमा ‘गोप्य’ अर्थात् confidential मात्रै लेखिन्छ । Please file it properly लेखिएको चाहिँ पहिलो पटक देखियो जुन शंकास्पद छ । झ्वाट हेर्दा यी दुई वटा कुराले नै पत्रको हैसियत देखाइदिन्छ । बाँकी कुरा गहन रुपले हेर्दा झनै शंकास्पद देखिन्छ ।