जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १७:३९

प्रचण्डको आदेश मान्दै माधव नेपालले जोगाइ दिए माओवादी सरकार, प्रकाश ज्वालासहित चार सांसद माओवादीतिर


सुर्खेत, बैशाख ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आदेश पालना गर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशको माओवादी सरकार जोगाइ दिनुभएको छ । नेता नेपालले आफू निकट प्रदेश सांसद प्रकाश ज्वालासहित चार जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा फ्लोर क्रस गरी मतदान गर्न लगाएर माओवादी सत्ता जोगाउनु भएको हो ।

नेपालको निर्देशनपछि नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकारको पक्षमा मतदान गरेका हुन । यसरी पार्टीमाथि गद्धारी गर्दै माओवादी सत्ता जोगाउन लाग्नेहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा हुनुहुन्छ ।

चार एमाले सांसदले शाहीको पक्षमा मतदान गरेसँगै माओवादी सत्ता जोगिएको हो । नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो । विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।