जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १९:५२

आफ्नै सांसदले खोलिदिए माधवको डरलाग्दो षडयन्त्रको पोल


काठमाडौं, बैशाख ३ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले ध्वस्त पार्ने अभियान चलाएको तथ्य उहाँकै सांसदले खोलिदिएका छन । कर्णाली प्रदेशका माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन फ्लोर क्रस गर्नुभएका सांसद अम्मरबहादुर थापाले एमाले ध्वस्त पार्नकै लागि आफूहरुले माओवादी नेतृत्वलाई सघाएको घोषणा गर्दै माधवले अघि बढाउनु भएको अपराधको पोल खोल्नुभएको हो ।

‘म माधव नेपाल र प्रचण्ड समूहको मान्छे हूँ, अनि एमालेलाई कसरी भोट दिनु ?,’ फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई मत दिनुभएका कर्णाली प्रदेशका सांसद् थापाले भन्नुभयो, ‘हाम्रो नेता माधव नेपाललाई एमालेले कारवाही गरेको छ । त्यो एमालेलाई हामीले ध्वस्त पार्ने हो । म एमाले भन्नेलाई मान्दिन, प्रचण्ड र माधव नेपालको समूहलाई मान्छु । त्यसैले एमालेलाई ध्वस्त पार्न फ्लोर क्रस गरेको हूँ ।’

शुक्रबार कर्णाली प्रदेश सभाको बैठक सुरु हुन अघिसम्म थापाले ‘हामी ढुक्क भएर एमालेलाई नै मतदान गर्छौं’ भनिरहनुभएको थियो । तर बैठकपछि भन्नुभयो, ‘हामी एमालेलाई मान्दैनौं ।’ थापा सहित चारजना सांसद्ले फ्लोर क्रश गरेपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार जोगिएको छ । ‘म माधव गुटको मान्छे हो, हामी एमालेलाई ध्वस्त पार्न चाहन्छौं,’ थापाको भनाइ छ, ‘हाम्रो उद्देश्य एमालेलाई ध्वस्त पार्ने हो । हामी माधव गुटका सबैजना मिलेर एमाले भन्ने नसिध्याई छाड्दैनौं ।’