जनता टाइम्स

४ बैशाख २०७८, शनिबार ११:१६

ब्यापारी निवासमा एकाबिहानै प्रचण्ड-माधव बार्ता : एमाले सकाएर माओवादीलाई बलियो बनाउने संकल्प


काठमाडौं, बैशाख ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका निलम्बित नेता माधवकुमार नेपालबीच आज भेटबार्ता भएको छ । कर्णाली प्रदेश सरकार जोगाइ दिएबापत प्रचण्डले आज बिगतमा निरन्तर छलफल गर्दै आएका कोटेश्वरका एक व्यवसायीको घरमा माधवलाई बोलाएर छलफल गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक ब्यापारी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्डसँग छलफल गर्नुभएको हो । प्रचण्डको निर्देशनअनुसार कर्णालीमा बिक्रिीका लागि तयार भएका चार सांसदलाई माधव नेपालले फ्लोर क्रस गराएर माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । छलफलमा प्रचण्डले आफ्नो सरकार जोगाएकोमा धन्यवाद दिँदै माधवलाई राजनीतिक भविश्यका लागि सघाउने प्रतिवद्धता जनाउनु भएको र चाँडो भन्दा चाँडो एमालेमा रहेका आफ्ना सवैलाई एक बनाएर माओवादीमा आउन सुझाउनु भएको छ । सो छलफलमा प्रचण्डले अहिलेपनि आफ्नो दलमा मावध अध्यक्ष नै रहेको भन्दै एमाले सकाउने अभियानलाई तीब्रता दिन सुझाउनु भएको स्रोले जनताटाइम्सलाई बतायो ।

सोही छलफलपछि प्रचण्डले प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कारको निर्णय लिनुभएको छ । सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूताउने फैसला गरेपछि प्रचण्डकै योजनाअनुसार एमाले फर्किएको नाटक गर्नुभएका नेता नेपाल अहिले पनि माओवादीकै सेवा गरिरहनु भएकोमा प्रचण्डले धन्यवाद दिनुभएको छ । सो छलफलमा नेता नेपालले एमाले सकाउने आफ्नो मिसन चाँडै पूरा हुने र आफूलाई मायाँ गर्नेहरुलाई इमोशनल ब्ल्याकमेलिङ गर्दै चाँडै माओवादीको झोली भरिदिने प्रतिवद्धता जनाउनु भएको छ ।