जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १४:३३

कोरोनाको जोखिम बढेकाले सुरक्षाको उपाय कडाईका साथ पालना गर्न राष्ट्रपतिको आव्हान


काठमाडौं, बैशाख ४

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको छ । दैनिक रुपमा कोरोना संक्रमित बढिरहेका बेला उहाले जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको हो ।

शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले केही समययता संक्रमणको जोखिम बढेको बताउनु भयो । ‘कोभिड–१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु’, ट्विटरमा भनिएको छ ।