काठमाडौं, बैशाख ५
यस साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा बैंकको १ करोड ८८ लाख ८२ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।













प्रतिक्रिया दिनुहोस्