जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १८:०१

तोडियो केपी–माधव संवादहीनता, सुरु भयो बार्ता


काठमाडौं, बैशाख ८ । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनता तोडिएको छ । अध्यक्ष ओलीले पार्टी एकतालाई कायम राख्न र आत्मालोचनासहित काममा फर्कन आह्वान गरेअनुसार आफै लचिलो बनेर आज निलम्बित नेता नेपालसँग बार्ता गर्नुभएको हो ।

नेकपा कायम रहँदा प्रचण्डसँग मिलेर नेता नेपालले गर्नुभएको सवै गलत कामलाई माफी दिएर एकतावद्ध एमाले बनाउन अन्तिम पहल गर्ने निर्णयसहित अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेता नेपालसँग बार्ता गर्नुभएको हो । अध्यक्ष ओली र नेता नेपालबीच केहीबेर अघिबाट वार्ता शुरु भएको छ ।

नागपोखरीस्थित होटल मारियटमा ओली र नेपालबीच बार्ता सुरु भएको र सो बार्तामा अर्थमन्त्री बिष्णु पौडेलसमेत सहभागी हुनुभएको छ । आजको बार्तामा नेता नेपालले बिगतमा गरेको गल्ती अव नदोर्याउने प्रतिवद्धता जनाउनु भएमा कुरा मिल्ने स्रोतको भनाई छ ।