काठमाडौं, बैशाख ९
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउसो दोस्रो चरणको वार्ता हुने तय भएको छ । हिजो साँझ मेरियट होटलमा भएको वार्ताकै निरन्तरता स्वरुप आज दिउँसो वार्ता हुन लागेको हो ।
होटल मेरियटमा दिउँसो २ बजे वार्ता तय भएको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले जानकारी दिनुभयो । बुधबार पनि मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो । सो रुम दुगडकै नाममा बुक भएको बताइएको छ ।
वार्तामा बस्नु अघि नेता नेपालले आफु पक्षिय नेताहरुसँग छलफल जारी राख्नु भएको छ । उहाले आज विहानदेखी आफु निकट नेताहरुसँग अध्यक्ष ओलीले राख्नु भएको प्रस्ताव र सहमतिका लागि अपनाउन सक्ने लचकताका विषयमा परामर्श गरिरहनु भएको बताइएको छ । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएपछि एमालेजनमा खुशीयाली छाएको छ ।













प्रतिक्रिया दिनुहोस्