जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १३:२६

आज पनि हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना


काठमाडौं, जेठ २६

आज पनि पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान छ । भोलि राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने जनाइएको छ । केहि दिन अगाडी मात्र पश्चिममा आएको तिब्र गतिको हुरीले ठुलो धनजनको क्षति भएको थियो ।