जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १२:३३

एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक शुरू


काठमाडौं, बैशाख १०

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा नेताहरुको कार्यविभाजनका विषयमा छलफल भईरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ । त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ आएकाले त्यसविषयमा पनि आजको बैठकमा थप निर्णय हुन सक्ने बताइएको छ ।

बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ । यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत नेताहरुले बताउदै आएका छन् । बैठकमा माधवकुमार नेपाल पक्षका केही नेताहरु भने अनुपस्थित हुनु भएको छ ।